• October 25, 2021

कञ्चनपुरका सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक भारतीय तस्कर पक्राउ

 कञ्चनपुरका सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक भारतीय तस्कर पक्राउ
मनपरे शेयर गरौ ! 


धनगढी / कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्कर समूहका एक जना पक्राउ परेका छन् ।


नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय प्रशासनले जनाएको छ ।


कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको जानकारी प्राप्त भएको जनाएका छन् ।


गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए ।


घाइते बीओपी दोधाराचाँदनीमा कार्यरत सुदीप सुनारसहितका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

मनपरे शेयर गरौ ! 

Related post