• November 28, 2021

नेकपा एमाले वडाअधिवेशन : बिर्तामोड र हल्दिबारीमा सर्वसम्मत नेतृत्व चयन

 नेकपा एमाले वडाअधिवेशन : बिर्तामोड र हल्दिबारीमा सर्वसम्मत नेतृत्व चयन
मनपरे शेयर गरौ ! 

बिर्तामोड / नेकपा एमालेको वडा अधिवेशन अन्तर्गत बिर्तामोड नगरपालिकाका सम्पूर्ण वडाहरुमा सर्वसम्मत वडा कमिटी चयन भएको छ ।

पार्टीको दशौ महाधिवेशन अन्तर्गत आज भएको वडाअधिवेशनबाट २ वर्षे कार्यकालका लागि ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको हो । बिर्तामोड नगरपालिका वडा नं. १ को अध्यक्षमा डिल्लीमाया आचार्य सर्वसम्मत चयन भएकी छिन् ।

त्यस्तै वडा नं. २ को अध्यक्षमा हेमराज ओली, वडा नं. ३ को अध्यक्षमा कुमार बुढाथोकी, वडा नं. ४ को अध्यक्षमा अर्जुन खरेल सर्वसम्मत चयन भएका हुन् । वडा नं. ५ को अध्यक्षमा लक्ष्मी बाँस्कोटा, ६ मा आइतमाया शेर्मा, ७ मा केशव कार्की, ८ म विष्णु भट्टराई, ९ मा विष्णुमाया कोइराल र वडा नं. १० मा इन्द्र पाण्डे सर्वसम्मत चयन भएका हुन् ।

योसँगै  सबै वडाका वडा अध्यक्षसहित ३१ सदस्यी वडा कमिटी चयन भएको हो । वडा अधिवेशनमा आगामी ९ गते हुने नगर अधिवेशनका लागि पनि प्रतिनिधि छनौट गरिएको थियो ।

हल्दिबारीमा पनि वडा अधिवेशन सर्वसम्मत

त्यस्तै, हल्दिवारी गाउँपालिकाका ५ वटै वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । करिव १४ सय सक्रिय सदस्य रहेको नेकपा एमाले हल्दिवारीले सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले जानकारी दिए ।


प्रत्येक वडामा भएको वडा अधिवेशनले वडा कमिटी र प्रतिनिधिहरु सर्वसम्मत चयन गरेको गिरीले बताए ।
अधिवेशनबाट वडा नं. १ को अध्यक्षमा सोमनाथ सुवेदी, उपाध्यक्ष काशिनाथ सापकोटा, सचिव खड्ग तामाङ, सहसचिवहरुमा सोम सुवेदी, तीर्थमाया थुलुङ चयन भएका छन् ।


यस्तै, वडा नं. २ को अध्यक्षमा लक्ष्मी दंगाल, उपाध्यक्षमा विष्णु राई, सचिवमा संजिव राई र सहसचिवहरुमा रोमन प्रसाई र प्रतिमा राजवंशी चयन भएका छन् ।
वडा नं. ३ को अध्यक्षमा अजित विष्ट, उपाध्यक्षमा अशोक मेचे, सचिव बलराम गिरी र सहसचिवहरुमा हरि मिश्र, सर्मिला विक चयन भएका छन् ।


यसैगरी वडा नं. ४ को अध्यक्षमा शैलेन्द्र सिटौला सर्वसम्मत भएका छन् । उपाध्यक्ष चन्द्र बहादुर राई, सचिव गिता भण्डारी र सहसचिवहरुमा योगेश दाहाल, तुलसी पोखरेल चयन भएका छन् ।


यस्तै, वडा नं. ५ को अध्यक्षमा याम गिरी, उपाध्यक्षमा दिपक तामाङ, सचिव याम बहादुर बस्नेत र सहसचिवहरुमा हरि तिवारी, पुनम भट्टराई सर्वसम्मत चयन भएका छन् ।


निर्वाचित गाउँ प्रतिनिधिले कात्तिक ९ गते हुने गाउँ अधिवेशनबाट एमाले हल्दिवारी गाउँ कमिटीको चयन गर्ने छ । करिब ३ सय जना प्रतिनिधिमध्ये बाट गाउँ कमिटी निर्वाचन हुनेछ ।

हल्दिवारी लगायत ७५३ स्थानीय तह तथा ६७४५ वडामा एकै साथ अधिबेशन सम्पन्न भएको छ ।

मनपरे शेयर गरौ ! 

Related post