• November 28, 2021

अमेरिकाले नेपाललाई १ लाख डोज फाइजर खोप अनुदान दिने

 अमेरिकाले नेपाललाई १ लाख डोज फाइजर खोप अनुदान दिने
मनपरे शेयर गरौ ! 

झापा / अमेरिकाले नेपाललाई कोरोना महामारीबिरुद्ध १ लाख ६२० डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ ।


अमेरिकी दूतावासका अनुसार यो परिमाणको खोप सम्भवत भोलि काठमाडौ आइपुग्नेछ । अमेरिकाले यसअघि पनि जुलाइमा १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।


यसैबिच स्वास्थ मन्त्रालयले अमेरिकाबाट ६० लाख डोज फाइजर खोप खरिद गर्ने तयारी गरेको छ ।

१२ वर्ष भन्दा माथिको उमेर समुहलाई फाइजर खोप लगाउने सरकारको तयारी छ ।
कार्तिक २८ गते देखि फाइजर खोप लगाउने सरकारले जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post