• November 28, 2021

बीएण्डसी अस्पताल सञ्चालक चर्चित व्यवसायी दुर्गा प्रसाई एमालेमा प्रवेश

 बीएण्डसी अस्पताल सञ्चालक चर्चित व्यवसायी दुर्गा प्रसाई एमालेमा प्रवेश
मनपरे शेयर गरौ ! 


झापा / झापाको बीएण्डसी अस्पतालका सञ्चालक एवम् चर्चित व्यवसायी दुर्गा प्रसाई माओबादी पार्टी छोडेर औपचारिक रुपमा एमालेमा प्रवेश गरेका छन् ।


झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीलगायत पाँच सयजना माओबादी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रमको संयोजन पनि व्यवसायी प्रसाईले नै गरेका थिए ।


प्रसाई यसअघि माओवादी निकट मानिन्थे । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट भनेर धेरैले टिप्पणी गर्ने गर्दथे ।


नेपाल कम्युनिष्ट पार्टी नेकपामा आएको विवाद र विभाजनसँग उनले कित्ता फेर्दै ओलीसँग निकट बनेका हुन् । हालै गोदावरीमा भएको एमालेको विधान महाधिवेसनमा पनि प्रसाई सहभागी भएका थिए ।

मनपरे शेयर गरौ ! 

Related post