• November 28, 2021

बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

 बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा
मनपरे शेयर गरौ ! 


काठमाण्डौं / बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् ।

प्रदेशसभामा विश्वासको प्राप्त नहुने भएपछि बुधबार दिउँसो प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि उनले पदबाट राजीनामा दिएकी हुन् । शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकी थिइन् ।


शक्यले एमालेको पक्षमा सांसद कम भई अल्पमतमा पर्ने देखिएपछि विश्वासको मत नलिई पदबाट राजीनामा दिएकी हुन् । प्रदेशसभामा एमालेका जम्मा ४३ सांसद छन् ।


सत्तापक्ष कांग्रेसका २२, माओवादी २३ र नेकपा एसका १३, विवेकशील साझा दलका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक गरी ६६ सांसद छन् ।

मनपरे शेयर गरौ ! 

Related post