• November 28, 2021

अब्दुल्लाह अल्मुताइरीले थप तीन वर्ष नेपाली फुटबल टोलीको प्रशिक्षण सम्हाल्ने

 अब्दुल्लाह अल्मुताइरीले थप तीन वर्ष नेपाली फुटबल टोलीको प्रशिक्षण सम्हाल्ने
मनपरे शेयर गरौ ! 

काठमाडौं / पदबाट राजीनामा दिएका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल फर्किने निर्णय गरेका छन् ।

अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएशनका पदाधिकारीहरुसँगको छलफलपछि उनले थप ३ वर्षको लागि नयाँ सम्झौता गर्ने तय भएको छ।

अल्मुताइरीले सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै नेपालमा जागिरलाई निरन्तरता दिने निर्णयमा पुगेको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’कर्माछिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेटपछि मैले नेपालमा मेरो जागिरलाई निरन्तरता दिन अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । यसमा सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद ।’

नयाँ चुनौतीको लागि तयार रहेको जनाउँदै अब्दुल्लाहले भनेका छन्, ‘हामी दुई वर्षको लक्ष्य र योजना सार्वजनिक गर्नेछौं । तपाईहरुलाई म वाचा गर्छु कि नेपाली फुटबलको भविष्य राम्रो हुनेछ । हामीलाई केही समय दिनुहोस् ।’

उनले आफूलाई देखाएको माया र समर्थन एकदमै महत्त्वपूर्ण रहेको बताउँदै नेपाली समर्थकको मुटुमा आफूलाई बस्न दिन भनेका छन् ।

‘मलाई मात्रै नेपाली दर्शकको समर्थन र माया चाहिने होइन,’ अब्दुल्लाहले भनेका छन्, ‘नेपाली खेलाडीलाई पनि समर्थन चाहिएको छ । समर्थन गर्नुहोस्। हामीमा विश्वास गर्नुहोस्। माया गर्नुहोस्। ’

हालै माल्दभ्सिमा भएको साफ च्याम्पियनसीपका क्रममा अल्मुताइरीले अब नेपाल नफर्किने घोषणा गरेका थिए । उनले साफ फाइनल नै नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए । Nepalpress

मनपरे शेयर गरौ ! 

Related post