• November 28, 2021

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनलाई अभिनेत्री रेखा थापाको साथ

 राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनलाई अभिनेत्री रेखा थापाको साथ
मनपरे शेयर गरौ ! 


काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ अध्यक्षमा राजेन्द्र लिङ्देनले आज उम्मेद्वारी घोषणा गरेपछि अभिनेत्री रेखा थापाले समर्थन जनाएकी छिन् ।


लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा रेखा थापा उपस्थित भएर आफ्नो समर्थन रहेको जनाएकी हुन् ।


नायिका रेखा २०७३ सालमा माओवादी छोडेर राप्रपा प्रवेश गरेकी थिइन् । पार्टीमा आएको विभाजनपछि उनी २०७४ सालमा कमल थापाको साथ छोडेर पशुपति शम्शेर राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिकमा लागिन् ।


उनलाई पार्टीको सहमहामन्त्रीसमेत बनाइएको थियो ।
राप्रपामा पुनःएकीकरणपछि उनी नेतृत्वप्रति असन्तुष्ट थिइन् । सोही असन्तुष्टिको फलस्वरुप अगामी महाधिवेशनमा लिङ्देनलाई समर्थन जनाएकी हु्न् ।


लिङ्देनलाई यसअघि नै राप्रपा नेता धवलसम्शेर राणाले साथ दिने बताइसकेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post