मनपरे शेयर गरौ ! 


झापा / राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकप्रिय नेता राजेन्द्र लिङदेनले ३१ वर्षदेखि राप्रपामा जकडिएर रहेको गुटको अन्त्य गर्न चाहेको बताएका छन् ।


लिङदेनले पार्टीको अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै राप्रपाका कार्यकर्तालाई यो एस्को मान्छे त्यो एस्को मान्छे भन्ने दागबाट मुक्त गर्न चाहेको बताएका छन् ।


राप्रपा नेता धवल शमशेर राणाले अध्यक्षका लागि गरेको प्रस्ताव स्विकार गर्दै लिङदेनले आफूले राप्रपाका आम नेता कार्यकर्ताको शीर माथि यो पशुपति शमशेरको मान्छे, यो कमल थापाको मान्छे, यो डा.लोहनीको मान्छे भन्ने दाग मेटाउन चाहेको बताएका छन् ।


आम नेता कार्यकर्तालाई आह्वान गर्दै लिङदेनले भने- ‘त्यहि दाग भएको भारी बोकेर हिड्ने कि मेटाउने हो यो हाम्रो अग्नि परिक्षाको घडी हो ।’


आफूले सदैका लागि कार्यकर्तामा लागेको त्यो दाग मेटाउन चाहेको लिङदेनले बताए ।
राप्रपाको नेतृत्व परिवर्तनको मुद्दा जोड्दार रुपमा उठेपछि राप्रपाका लोकप्रिय नेता लिङदेनले अध्यक्षमा आफ्नो उम्मेद्वारी दिएका हुन् ।


मंसीर १५ देखि १७ गतेसम्म राप्रपाको अधिवेशन हुदैछ ।

मनपरे शेयर गरौ !