• January 18, 2022

राप्रपा महाधिवेशन : मतदान सुरु, अध्यक्षमा राजेन्द्र लिङ्देन र कमल थापाबीच प्रतिष्पर्धा

 राप्रपा महाधिवेशन : मतदान सुरु, अध्यक्षमा राजेन्द्र लिङ्देन र कमल थापाबीच प्रतिष्पर्धा
मनपरे शेयर गरौ ! 


झापा / राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन अन्तर्गत मतदान सुरु भएको छ । आज बिहान ८ बजे तय भएको मतदान ढिलो गरी १२ बजेपछि सुरु भएको हो ।


काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको राप्रपा एकता महाधिवेशनमा आज नयाँ नेतृत्वको लागि मतदान भएको हो ।


राप्रपाको अध्यक्ष पदका लागि झापाका लोकप्रिय नेता राजेन्द्र लिङ्देन र कमल थापाले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् ।


अध्यक्षमा उम्मेदवारी दिएका लिङ्देनले आफ्नो मत खसालिसकेका छन् । अध्यक्षका अर्का उम्मेदवार कमल थापा भने अहिलेसम्म मतदानस्थल पुगेका छैनन् ।


राप्रपाले अध्यक्षको मतपत्र र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मतदान विद्युतीय माध्यमबाट गर्ने जनाएको छ । सोहीअनुसार मतपत्र र विद्युतीय मेसिन दुवैतर्फ अहिले धमाधम मतदान भइरहेको छ ।


राप्रपाका नेता तथा कार्यकर्ताहरुले उत्साहका साथ मतदान गरिरहेका छन्। निर्वाचनको लागि २६४ जनाको उम्मेदवारी परेको छ ।


राप्रपा महाधिवेशनको लागि देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनको माहोल हेर्दा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङदेनको जित निश्चत जस्तै देखिएको छ ।

मनपरे शेयर गरौ ! 

Related post