• January 18, 2022

गठबन्धनमा सहमति नभई एमसीसी सदनमा पेस नहुने माओबादी संसदीय दलको निर्णय

 गठबन्धनमा सहमति नभई एमसीसी सदनमा पेस नहुने माओबादी संसदीय दलको निर्णय
मनपरे शेयर गरौ ! 


काठमाडौं / नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा एमसीसी परियोजनाबारे छलफल भएको छ ।

बैठकले गठबन्धनमा सहमति नभई एमसीसी सदनमा पेस नै नहुने र संशोधनबिना अनुमोदन पनि नहुने विषयमा छलफल भएको छ ।


संसदको हिउँदे अधिवेशन सुरू हुनुअघि दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो । बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा ‘ब्रिफिङ’ गरेका थिए ।


सांसद रेखा शर्माका अनुसार प्रचण्डले अमेरिकी परियोजना एमसीसीबारे पनि धारणा राखेका थिए । उनका अनुसार प्रचण्डले गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस नै नहुने र संशोधनबिना अनुमोदन पनि नहुने बताएका छन् । माओवादीले एमसीसीबारे पुरानै अडान दोहो¥याएको छ ।


अमेरिकाले एमसीसी छिटो अनुमोदन गर्न दबाब दिइरहेका बेला हिँउदे अधिवेशनमा एमसीसी पेस हुने ठानिएको छ ।
नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा छ भने प्रमुख प्रतिपक्षी एमाले यसबारे प्रष्ट छैन ।

मनपरे शेयर गरौ ! 

Related post