मनपरे शेयर गरौ ! 


झापा / राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन यही पुष ३ गते झापा आउने भएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछी लिङ्गदेन पहिलो पटक गृह जिल्ला झापा आउन लागेका हुन् ।


पुष ३ गते विर्तामोडमा आयोजना गरीने स्वागत सम्मान एवम् वृहत पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्गदेन सहभागी हुने राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिए ।


उनी ३ झापा वस्ने कार्यक्रम रहेको बतार्ईको छ । सो क्रममा अध्यक्ष लिङदेनले विभिन्न कार्यक्रममा सहभागीता जनाउनुका साथै नेता कार्यकर्तासंगको भेटघाटमा व्यस्त रहने मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईले जानकारी दिए ।


राप्रपाको काठमान्डौमा हालै सम्पन्न महाधिवेशन मार्फत अध्यक्षमा निर्वाचित लिङ्गदेनले तत्कालीन अध्यक्ष कमल थापालाई पराजीत गरेका थिए ।

मनपरे शेयर गरौ !