• January 18, 2022

युरोपको चर्चित ब्राण्ड स्कोडाको नयाँ सोरुम बिर्तामोडमा

 युरोपको चर्चित ब्राण्ड स्कोडाको नयाँ सोरुम बिर्तामोडमा
मनपरे शेयर गरौ ! 


बिर्तामोड / झापाको बिर्तामोडमा युरोपको चर्चित अटोमोबाइल्स ब्रान्ड स्कोडाको आधिकारिक सोरुम खुलेको छ । नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले बिर्तामोडमा बुधबारदेखि स्कोडा कारको बिक्री वितरण सुरु गरेको हो ।


हलेसी अटोमोवाइल्स अन्तर्गत स्कोडा सो रुमको बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई र कम्पनीका देवासीस मित्राले विधिवत रुपमा उद्घाटन गरेका थिए ।

अत्याधुनिक प्रविधि सम्पन्न उक्त सो रुममा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स सर्भिस र स्पेयर्स) को सुविधा रहेको कम्पनीका सञ्चालक चुडामणी पौडेलले जानकारी दिए ।


पूर्वी नेपालमा हलेसी अटोमोबाइल्सले स्कोडाको विक्री र विक्रीपछिको सेवाको जिम्मेबारी पाएको स्कोडाका डाइरेक्टर रोनक अग्रवालले बताए ।


नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्ल स्कोडाले आफनो डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कारको बिक्री वितरण सुरु गरेको थियो ।


स्कोडाको नयाँ डिलर हलेसी अटोमोबाइलले दुई दिने विशेष ’टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्दैछ ।

‘यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनसको सुविधा पाउने हलेसी अटोमोबाइलकका प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए ।


हाल पोखरा, नारायणघाट, विराटनगर, विरगंज, बुटवल, जनकपुर, धनगढी र काठमाडांैमा स्कोडाको डिलर रहेको छ ।

उद्घाटन कार्यक्रममा बिर्तामोडका विभिन्न अटो व्यवसायी लगायत सर्वसाधारणको उपस्थिति थियो । सो अवसरमा स्कोडाको २ वटा गाडि बुकिङ समेत भएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post