• January 18, 2022

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिन सरकारसँग माग

 पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिन सरकारसँग माग
मनपरे शेयर गरौ ! 


झापा / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् झापा क्षेत्र नं ३ का संघीय सांसद् राजेन्द्र लिङदेनले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने घोषणा गर्न सरकार समक्ष माग गरेका छन् ।


राप्रपा अध्यक्ष लिङदेनले नेपाली नाम र पहिचान दिने राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्मानमा यस दिनलाई पर्वको रुपमा मनाउन सार्वजनिक विदा दिन सरकार समक्ष माग गरेका हुन् ।


पुष २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै सार्वजनिक विदा दिन आग्रह गर्दै अध्यक्ष लिङदेनसहितको प्रतिनिधि मण्डलले गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र समेत बुझाएका छन् ।


पुष २७ गते पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक विदा दिई पर्वको रुपमा घोषणा नगरे व्यापक जनदवाव सिर्जना गर्न अध्यक्ष लिङदेनले सबैसँग आग्रह गरेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post