मनपरे शेयर गरौ ! 


काठमाडौं / निर्वाचन आयोगले स्थानीय चुनावलाई लक्षित गरि सर्वदलीय बैठक बोलाएकोे छ ।


निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको जानकारी दिए ।


बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई मिन्त्रणा गरिएको छ । थपलियाले बैठकका मुख्यगरी तीन एजेन्डामा छलफल भएको जानकारी दिए ।


आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल भएको बताइएको छ ।

मनपरे शेयर गरौ !