मनपरे शेयर गरौ ! 

बिर्तामोड / झापाको कचनकवल गाउँपालिकामा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिएको छ ।


कचनकवल गाउँपालिकाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहको शालिक स्थापना गरेको हो ।


पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको अवसर पारेर गरिएको सो शालिकको कचनकवल गाँउपालिकाका अध्यक्ष अञ्जरा आलमले अनावरण गरेका थिए ।


कचनकवल गाँउपालिकाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष आलमले पृथ्वीनारायण शाहाको महत्व आज पनि उत्तिकै रहेको बारे प्रकाश पारे ।


कचनकवल– ५ स्थित पाठामारीको नयाँ हटियामा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको हो ।

मनपरे शेयर गरौ !