मनपरे शेयर गरौ ! 


झापा / राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदानमा सहभागी नहुने निर्णय गरेको छ ।


राप्रपाको केन्द्रीय पदधिकारीको आज बसेको बैठकले प्रदेश १ बाहेक अन्य प्रदेशमा आफ्ना उम्मेद्वार नभएकाले पार्टीको प्रतिनिधित्व गर्ने मतदातालाई मतदान प्रक्रियामा सहभागि नहुन निर्देशन दिएको छ । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुँदैछ ।


राप्रपाको बैठकले प्रदेश १ मा पार्टीका उम्मेदवार अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मत दिन पार्टीका मतदातालाई निर्देशन दिएको छ ।

अरु प्रदेशमा भने राप्रपाका उम्मेदवार नभएकाले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको महामन्त्री भुवन पाठकले जनाएका छन् ।


राप्रपाका वागमती प्रदेशमा दुई प्रदेशसभा सदस्य र दुई जना गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष मतदाता छन् ।


गण्डकीमा दुई उपमेयर, कर्णालीमा एक प्रदेशसभा सदस्य छन् । अन्य प्रदेशमा राप्रपाका मतदाता छैनन् ।

मनपरे शेयर गरौ !