मनपरे शेयर गरौ ! 

झापा / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले इन्टरनेटविना पनि वित्तीय पहुँच पुग्ने सेवाको सुरुवात गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ५७औँ वार्षिक उत्सवको अवसरमा सो सेवाको सुरुवात गरेका हुन् ।


बैंकले सीमित कारोबारका लागि शाखामा जानु नपर्ने सुविधासमेत सञ्चालनमा ल्याएको छ । बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले दुई लाख रुपैयाँसम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरूको काउन्टरमा स्मार्ट क्युआर टेलर सेवाको सुरुवात गरेको छ ।


अर्थमन्त्री शर्माले भर्चुअल माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकले सुरु गरेको सो सेवाको उद्घाटन गरेका थिए ।


बैंकको ५७औँ वार्षिककोसवका अवसरमा प्रकाशन गरिएको विशेषांक स्मारिका उपहार–२०७८ पनि अर्थमन्त्रीले भर्चुअल माध्यमबाट विमोचन गरेका थिए ।


कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिको सुधारका
लागि सबै लाग्नु पर्ने बताए ।

मनपरे शेयर गरौ !