झापा / नेपालको चर्चित रियालिटी सो ‘सारेगमप लिटल च्याम्प’ को टप ५ मा पर्न सफल कृपा पौडेललाई जिताउन झापामा अभियान चलेको छ ।
कृपा जिताउँ अभियानमा बिर्तामोड नगरपालिका वडानं. २ का अध्यक्ष नगेन्द्र संग्रौला संयोजक छन् ।
यो अभियानमा २ सय ५० भन्दा बढी संघ/संस्थाको साथ र सपोर्ट रहेको नगेन्द्र संग्रोलाले बताए ।
विर्तामोड –२ चारपानेकी १४ वर्षीया वाल गायिका कृपाका बुबा कुमार पौडेलले बुधवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै छोरीलाई भोट दिएर अन्तर्राष्ट्रिय गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ को बिजेता बनाउन सबै समक्ष आग्रह गरेका छन् ।
सो रियालिटी सो को अडिसनमा देश तथा विदेशबाट सहभागी ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगीलाई पछि पार्दै कृपा टप ५ मा छनौट भई फाइनल राउण्डमा प्रवेश गरेकी छन् ।
सारेगमपको फाइनल आगामी माघ २२ गते हुने र कृपालाई २२ गते वेलुका ९ बजेसम्म भोट गर्न सकिने बताइएको छ ।
बिर्तामोडस्थित चारपानेको मोहनमाया माविमा कक्षा ९ मा अध्ययनरत् कृपा विर्तामोडको सरगम संगीतालय र सप्तक म्युजिक क्लास बिर्तामोडमा संगीत सिक्दै आइरहेकी छन् ।
हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके र डोको युट्युब च्यानलबाट ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ प्रसारण भइरहेको छ ।
कृपालाई भोट गर्न मोवाइलको म्यासेज वक्समा गएर एसजीएमपी स्पेस ०९ टाइप गरेर ३३००१मा सेण्ड गर्न सकिने छ । त्यसैगरी मोमो एप्स डाउनलोड गरेर देश तथा विदेशबाट एकमुस्ट भोट गर्न पनि सकिन्छ ।