झापा / चर्चित गायक राजेश पायल राई र पेमा दिछेन तामाङको स्वरको नयाँ गीत सै हँमा सार्वजनिक भएको छ ।
गायिका पेमा दिछेन तामाङ ८ वर्षकी छिन् । द भोइस किड्सको टप १६ बाट बाहिरिएकी पेमा दार्जिलिङ निवासी हुन् ।
दार्जेलिङबाट भोइस किड्समा भाग लिन आएकी पेमाले राजेश पायल राईसँग सुमधुर डुएट गित गाएकी छिन् ।
उनलाई राजेश पायल राई म्यूजिक एकाडेमीले यो अवसर दिएको हो । सै हँमा बोलको उक्त गीत राजेश पायल राईको युट्यूब च्यानलबाट माघ १० गते सार्वजनिक भएको हो ।