मनपरे शेयर गरौ ! 

झापा / कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ।

सीसीएमसीको आइतबार बसेको बैठकले सवारी साधनमा लागू भएको जोर-बिजोर प्रणाली हटाउन सिफारिश गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले बताए। कोभिड-१९ को संक्रमण कम हुँदै गएकाले जोर-बिजोर प्रणालीले हटाउने निर्णय भएको डा. पोखरेलले बताए।

कोरोनाभाइरसको तेस्रो लहर शुरू भएपछि सवारी साधनमा जोर-बिजोर प्रणाली लागू भएको थियो। पछिल्लो समय सार्वजनिक सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटेको थियो। तर, निजी सवारी साधनमा जोर-बिजोर प्रणाली यथावत रहेको छ।

यससँगै सीसीएमसीले १ फागुनबाट विद्यालय खोल्न पनि सिफारिश गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण बढ्दै गएपछि देशभरका विद्यालय बन्द गरिएको थियो।

मनपरे शेयर गरौ !