मनपरे शेयर गरौ ! 


बिर्तामोड / झापाको बिर्तामोडमा निर्माण नेपालले जेक्वेर कम्पनीका अत्याधुनिक सेनेटरी सामान र बिद्युतीय सामाग्रीको सुबिधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा बिबेक गुप्ताले भारतको नम्बर एक जेक्वेर कम्पनीका सामानको भव्य शोरुम सञ्चालनमा ल्याएका हुन् ।


बिर्तामोडको कृष्ण सिनेमाहल रोडमा बिगत ८ वर्षअघिदेखि एसियन पेन्ट्सका साथै नेपालको मंगलम सीपीभिसी र पीभिसी पाइपको पूर्वाञ्चल स्तरीय डिलरको रुपमा काम गर्दै आएको निर्माण नेपालका सञ्चालक गुप्ताले जानकारी दिए । बिगतदेखि नै बिभिन्न कम्पनीका सामग्री बिक्री बितरण गर्दै आएको निर्माण नेपालले अब जेक्वेर कम्पनीका अत्याधुनिक धारा तथा बाथरुमका सामानका साथै स्तरीय लाइटहरुको बिक्री प्रारम्भ गरेको हो ।

शोरुमको अन्य सञ्चालकमा मदनलाल गुप्ता, ओमप्रकाश गुप्ता र आनन्द गुप्ता रहेका छन् । उनीहरुले करिब २ करोड रुपैयाँको लागतमा शोरुम सञ्चालनमा ल्याएका हुन् ।
जेक्वेर भारतको १ नम्बर बहुराष्ट्रिय कम्पनी भएको बताउँदै सञ्चालक विवेक गुप्ताले भने जेक्वेरले उत्पादन गरेका सेनेटरी र लाइटिङका सामान अत्यन्तै टिकाउ र उच्चस्तरीय छन् । जेक्वेरले नेपाल बाहेक अन्य १७ मुुलुकमा आफ्ना उत्पादन र बिक्री गर्दै आएको छ ।

त्यस्तै कम्पनीका पूर्वाञ्चल सेल्स एण्ड मार्केटिङ मञ्जील भारतीले विभिन्न कम्पनीको सामग्री बजारमा पाइए पनि जेक्वेर कम्पनीको सामग्री महँगो भए पनि टिकाउ र विश्वसनीय हुने जानकारी दिए । शोरुमले सामान बिक्री गर्ने मात्र नभई घरको बाथरुमको डिजाइन र लाइट सजावट बारे परामर्श सेवा समेत दिने बताएको छ ।


शोरुमको फागुन १ गते आइतबार औपचारिक रुपमा उद्घाटन हुने सञ्चालक गुप्ताले बताए । बिर्तामोड, भद्रपुर, काँकरभिट्टा, सुरुङ्गा, दमक लगायतका बजार साथै पूर्वाञ्चलकै उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर उच्चस्तरीय सेनेटरी सामान र लाइटको बिक्री वितरण गर्ने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको सञ्चालकहरु बताउँछन् ।

शोरुममा जेक्वेर कम्पनीका धारा, जेकुजी (बाथटप), इन्क्लोसर, स्टीम सोलुसन साथै सम्पूर्ण बाथरुम तथा लाइटिङको समाधान (सीबिएलएस) उपलब्ध रहेको छ ।

उपभोक्ताको मागलाई ध्यानमा राखेर स्वास्थ्य क्षेत्र, सरकारी क्षेत्र र औधोगिक क्षेत्रलाई समेत समेट्ने गरि शोरुम सञ्चालन गरिएको सञ्चालकको भनाई छ । निर्माण नेपालले वनस्टप महल बिर्तामोड, सिंगापूर बेभेरेज र शिवम् हाउजिङ लगायतमा काम गरिसकेको छ ।

मनपरे शेयर गरौ !