काठमाडौँ / हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएका तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भेटिएको पुष्टि भएको छ ।
संघीय स्वास्थ्य मन्त्रालय र वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुनः परीक्षणमा पनि पोजेटिभ देखिएको पुष्टि गरेको हो। टेकुस्थित प्रयोगशाला स्रोतले पनि संक्रमण देखिएको पुष्टि गरेको छ।
वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले हेटौंडामा गरिएको कोरोना भाइरसको स्वाब परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो।
शनिबार साँझ काठमाडौंबाट नतिजा पोजेटिभ देखिएको खबर आएको मन्त्रालयले बताएको छ।स्वास्थ्य मन्त्रालयले यो नतिजा सार्वजनिक गर्ने तयारी गरिहरेको छ।
कोरोना पोजेटिभको सुचना पुगेपछि संक्रमितहरुलाई राखिएको वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ। कान्तिपुर