मनपरे शेयर गरौ ! 


झापा / आइसिसी टि २० विश्वकप छनोट ए मा नेपालले फिलिपिन्स माथि सानदार जीत निकालेको छ । ओमानमा जारी खेलमा नेपालले फिलिपिन्समाथि १ सय ३६ रनको फराकिलो जित हात पारेको हो ।


टस हालेर पहिले ब्याटिङ रोजेको नेपालका लागि ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले फिलिपिन्समाथि सहज जीत निकालेको हो ।


लगातार दोस्रो जितसँगै नेपालको विश्वकप छनोटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।


२ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रन बनायो । नेपालको टि २० आईमा रनको आधारमा यो तेस्रो ठूलो जित हो ।

मनपरे शेयर गरौ !