मनपरे शेयर गरौ ! 


काठमाण्डौं / फ्रेन्ड्स क्लबसँग हार बेहोर्दै च्यासल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । शनिबार फ्रेन्ड्ससँग २–१ को हार बेहोर्दै च्यासल लिगको एक खेल बाँकी छँदै शीर्ष डिभिजनबाट घटुवा भएको हो ।


च्यासल यो सिजनको रेलिगेसन ब्याटलमा पर्ने पहिलो टोली बनेको छ । च्यासल शीर्ष डिभिजनको तेस्रो सिजनमै रेलिगेसनमा परेको हो । फ्रेन्ड्ससँगको हारपछि च्यासलको १२ खेलबाट ६ अंक छ ।


अब बाँकी एक खेलमा जित हात पारेपनि च्यासलको रेलिगेसन टर्ने अवस्था छैन । च्यासलले लिगको अन्तिम खेलमा सातदोबाटोसँग खेल्न बाँकी छ ।

मनपरे शेयर गरौ !