मनपरे शेयर गरौ ! 

काठमाण्डौ / राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाबाट आफूलाई पाखा लगाउन खाजेकाले पुरानै पार्टीमा फर्किएको बताए ।

पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पाखा लगाउने परिस्थिति बनाएको आरोप लगाएका छन ।

राजसंस्थाले नै राप्रपाभित्रको एउटा गुटलाई समाउने र एउटालाई पाखा लगाउने काम गरिरहेको पनि उनको भनाई छ ।

सैद्धान्तिक रुपमा राप्रपामा विचलन आएको र आफूलाई गरेको अपमान् सहन नसकेपछि आफ्नै घरमा फर्किएको अध्यक्ष थापाले बताए  ।

पाँच वर्षअघि राप्रपा नेपाल र राप्रपाबीच एकता भएको थियो । त्यो एकता आफ्नो गल्ति भएको पनि थापाले ठोकुवा छ ।

केही समय अघि सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले राप्रपा छाडेको हो।

मनपरे शेयर गरौ !