मनपरे शेयर गरौ ! 


बिर्तामोड / ‘सहयोगी मनहरु नेपाल’ ले बिर्तामोड निवासी हरीप्रसाद अधिकारीको परिवारलाई खाद्यान्न उपलब्ध गराएर सहयोग गरेको छ ।


सहयोगी मनहरु नेपालले आज एक कार्यक्रमको आयोजना गरि बिर्तामोड नगरपालिका –३ हेवन वाटर पार्क नजिकको अधिकारी परिवारलाई ५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग हस्तान्तरण गरेको हो ।


असहाय र दुःखीहरुलाई सहयोग गर्दै आएको सो संस्था मार्फत पोलेण्डमा कार्यरत नबिन बाँस्तोलाले बिदेशबाट पठाएको ५ हजार रकम बराबरको खाद्य सामाग्री उनकी श्रीमती कबिता बाँस्तोलाले अधिकारी परिवारलाई हस्तान्तरण गरेकी हुन् । कबिता झापाको बुद्दशान्ती गाउँपालिका- १ निवासी हुन् । संस्थाले सो परिवारलाई चामल, दाल, नुन, तेल लगायत दैनिक उपभोग्य बस्तु प्रदान गरेको हो ।


८ जना सदस्य रहेको आधिकारी परिवारको आर्थिक बिपन्नताले समस्या परेको १ जनाको ज्याला मजदुरीले सबै परिवारका सदस्यको पालन पोषण गर्नु पर्ने लगायतका बाध्यता रहेको जानकारी पाएपछि सहयोगी मनहरु नेपालले सो सहयोग गरेको संस्थाका सचिव बिष्णु उप्रेतीले जानकारी दिए ।

सचिव उप्रेतीका अनुसार संस्थाले यसअघि झापा नेत्रहिन संघ, विभिन्न ठाँउका मृगौला पीडितहरुलाई सहयोग गर्नुका साथै , कोरोना हेल्प डेस्क समेत सञ्चालन गरेको जानकारी दिए ।


कार्यक्रममा सुजता गुरुङ थापा मगर, सुमन रिजाल, सरिता अधिकारी, कमल रिजाल, सिता थापा, योग्यप्रसाल आचार्य लगायत संस्थाका सदस्यको उपस्थिति थियो । २०७८ सालमा स्थापना भएको संस्थाले सामाजिक कार्य गर्दै आएको बताइएको छ ।

मनपरे शेयर गरौ !