मनपरे शेयर गरौ ! 

काठमाडौं / इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३-१ गोल अन्तरले हराएको हो ।

खेलको २३ औं मिनेटमा माया योशिधाले आत्मघाती गोल गरेपछि युभेन्ट्सले सुरुआती अग्रता बनाएको थियो । ३४ औं मिनेटमा अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता २-० को बनाए ।

खेलको ७४ औं मिनेटमा साम्पडोरियाका कान्ड्रेभाले पेनाल्टीमा गोल गर्न सकेनन् । तर, ८४ औं मिनेटमा साम्पडोरियाका साबिरीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३-१ को जित दिलाए । जितसँगै युभेन्ट्सले २९ खेलमा ५६ अंक जोडेको छ ।

युभेन्ट्स चौंथो स्थानमा रहेको छ । साम्पडोरिया २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

मनपरे शेयर गरौ !