मनपरे शेयर गरौ ! 

एजेन्सी / क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्यतले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ ।


घरेलु मैदानमा गए राती भएको खेलमा युनाइटेडले टोटेनहममाथि ३–२ रोमाञ्चक जित निकालेको हो । टोटेनहमका लागि ह्यारी केनले पेनाल्टीमा गोल गर्दा अर्को गोल ह्यारी मगाएरको आत्मघाती गोल उपहार दिएका थिए ।

खेलको १२ औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै युनाइटेडलाई सुरूआती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा युनाइटेडका एलेक्स टेलेस पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि टोटेनहमले पेनाल्टी पाएको थियो।

केनले उक्त पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर युनाइटेडले त्यसको ३ मिनेटपछि नै रोनाल्डोको व्यक्तिगत दोस्रो गोलबाट खेलमा पुनः अग्रता लियो ।
दोस्रो हाफको ७२ औं मिनेटमा खेल पुनः बराबरीमा आयो। रेगुइलोनको क्रसमा मगाएरको क्लिअर गर्ने प्रयास सिधै गोल भए पछि खेल २–२ गोलको बराबरीमा आयो ।


तर ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा युनाइटेडलाई रोमाञ्चक जित निकाल्यो।
यो सँगै रोनाल्डोले १४ वर्षपछि म्यानचेस्टर युनाइटेडका लागि ह्याट्रिक पुरा गरे ।
यो जितसँगै आर्सनललाई पछि पार्दै युनाइटेड चौथो स्थानमा उक्लिएको छ ।

मनपरे शेयर गरौ !