मनपरे शेयर गरौ ! 


बिर्तामोड / झापाको बिर्तामोडमा ‘अ डे विथ सन्दिप क्षेत्री’ नामक एकदिवसीय कार्यक्रम हुने भएको छ ।


स्काई क्रिएटर्स इन्टरटेन्मेन्ट प्रालि र भिप्रा एड्भरटाइजिङ एण्ड मिडिया प्रालिको संयुक्त आयोजनामा यहि चैत २६ गते कलाकार सन्दिप क्षेत्रीको उपस्थितिमा लिडरसिप, मोटिभेसन र इन्टरटेन्मेन्ट कार्यक्रम हुन लागेको हो । कार्यक्रममा चर्चित हाँस्य कलाकार, अभिनेता तथा कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीले प्रशिक्षण दिनेछन् ।


बिर्तामोडको सिटी पार्टी प्यालेसमा गर्न लागेको एक दिने अ डे विथ सन्दिप क्षेत्री कार्यक्रम मार्फत कलाकार सन्दिपलाई कक्षा ११ र १२ का छात्र छात्रामाझ थप परिचित गराउन साथै क्षेत्रीको क्षमता र ज्ञानबाट सकारात्मक परिवर्तन ल्याउन मद्यत पुग्ने आयोजक संस्था भिप्रा एड्भरटाइजिङका सिइयो बिमल राजवंशीले जानकारी दिए ।


सन्दिप मार्फत कलेजका छात्रछात्रालाई नेतृत्व विकास मोटिभेसन, मनोरञ्जन र उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गर्न लागिएको स्काई क्रिएटर्स इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सन्दिप राजवंशीले जानकारी दिए ।


एसईई दिइसकेका ११ ÷१२, स्नातक तथा स्नातकोत्तर अध्ययनरत झापाका प्रत्येक नीजि तथा सामुदायिक विद्यालयका करिब १ हजार बिद्यार्थी कार्यक्रममा सहभागि गराउने आयोजकको उदेश्य छ ।


तालिम पश्चात सहभागिले आफूमा भएको क्षमता अभिबृदि गर्दै आफूलाई कुन दिशामा लाने भन्ने विषयमा निक्र्योल गर्न सहज हुने अपेक्षा आयोजकको छ ।
कार्यक्रममा सहभागिता जनाउन आयोजकले विद्यार्थीलाई ५ सय रुपैयाँ र अन्यलाई १ हजार रुपैयाँ शुल्क तोकेको जनाएको छ ।


कार्यक्रम सञ्चालन गर्न करिब ५ देखि ६ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । कार्यक्रम सफल बनाउन झापाका प्रत्येक कलेजमा क्याम्पेन शुरु भइसकेको भिप्रा एड्भरटाइजिङका कार्यकारी प्रमुख साइमनजङ्ग बस्नेतले जानकारी दिए । कार्यक्रममा इभेन्ट डाइरेक्टर दिक्षा खाती लगायतको उपस्थिति थियो ।

मनपरे शेयर गरौ !