मनपरे शेयर गरौ ! 


बिर्तामोड / नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका वडा नं–९ को वडा कार्यालय बारघरेमा उद्घाटन गरिएको छ ।


नेपाली कांग्रेस झापाका सभापति एवम् कार्यक्रमका प्रमुख अतिथि देउकुमार थेवेले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै उनले वडा र टोलका गतिविधि तिब्र बनाउन, कांग्रेस नेतृत्वको सरकारले गरेका कामबारे जनतालाई बुझाउन एवं एमसिसिबारेका भ्रम चिर्न कार्यकर्तालाई आग्रह गरे ।


कार्यक्रममा अग्रज ब्यक्तित्व केदारमणि ढकाल, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महाधिवेशन प्रतिनिधिहरु दिपेन्द्र ढकाल र लीला कटुवाल, जिल्ला सदस्य याम भुजेल, अर्जुनधारा नगर सभापति हेमराज खरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

वडा सभापति लिलाप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सागर ढकाल र सञ्चालन शेखर बनले गरेका थिए ।

मनपरे शेयर गरौ !