मनपरे शेयर गरौ ! 


काठमाण्डौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरु मिलेर गठबन्धन गरे पनि एमालेले चुनाव जित्ने बताएका छन् ।


काठमाडौंमा शनिबार आयोजित एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटनमा अध्यक्ष ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरू एकमुस्ट आए पनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गरे ।


‘सबै एकतिर लागेर के गर्ने ? नेपाली जनताको फिप्टी पर्सेन्टभन्दा माथि हामीसँग छ,’ उनले भने ।

अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टिप्पणी गरे । उनले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको बताए ।

मनपरे शेयर गरौ !