मनपरे शेयर गरौ ! 

झापा / नेपालका कप्तान सन्दीप लामिछानेले एकदिवसीय खेलमा ५० विकेट पूरा गरेका छन् ।
सन्दीपले शनिबार पपुवा न्युगिनीविरूद्धको दोस्रो एकदिवसीय खेलमा विकेट लिँदै एकदिवसीय खेलमा ५० विकेट पूरा गरेका हुन् ।


उनले २२ खेलमा ५० एकदिवसीय विकेट पूरा गरे। उनी नेपालका लागि एकदिवसीय खेलमा ५० विकेट पूरा गर्ने पहिलो बलर हुन् ।


नेपालका लागि सर्वाधिक एकदिवसीय विकेट लिने बलर सन्दीपले ५० विकेट पूरा गर्ने क्रममा पपुवा न्युगिनीका चाल्स अमिनीलाई ३५ रनमा एलबिडब्लूको धरापमा पारे ।


सन्दीपले सन् २०१८ मा नेदरल्यान्ड्सविरूद्धको खेलबाट एकदिवसीय खेलमा डेब्यू गरेका थिए ।
उनले एकदिवसीय खेलमा दुई पटक ६ विकेट लिएका छन्। उनले अमेरिकाविरूद्ध र पपुवा न्युगिनीविरुद्ध ६–६ विकेट लिएका थिए ।


उनको एकदिवसीय खेलमा उत्कृष्ट प्रदर्शन ६ विकेट लिएर ११ रन दिनु हो । यो प्रदर्शन उनले पपुवा न्युगिनीविरुद्ध गरेका थिए।


त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा पपुवा न्युगिनीले नेपालले दिएको २७९ रनको रन पछ्याउँदै ब्याटिङ गरिरहेको छ।

मनपरे शेयर गरौ !