मनपरे शेयर गरौ ! 

झापा / ६५ औं राष्ट्रिय सहकारी दिवस झापामा भव्यताका साथ मनाउने तयारी गरिएको छ । झापा जिल्ला सहकारी संघ लिको आयोजनामा सहकारी दिवसलाई “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने मूल नाराका साथ चैत २० गते सहकारी दिवस मनाउन लागिएको हो ।


झापा जिल्ला संघले सहकारी दिवसलाई भव्य बनाउन “झापा कोअपरेटिभ समिट २०७८” को आयोजना गर्ने भएको छ ।


दिवसको अवसर पारेर चैत १९ र २० गते राष्ट्रिय स्तरका व्यक्तित्वहरुद्वारा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले जानकारी दिए ।


कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सहकारीमा प्रविधि, अष्ट्रेलियाका पूर्व राजदुत महेश दाहालले उत्प्रेरणात्मक सम्बन्धि, सहकारी विभागका पूर्व रजिष्टार सुदर्शन ढकालले सहकारी व्यवस्थापनमा सुशासन, केन्द्रीय कृषि सहकारी संघका लेखा संयोजक महेश्वर सुबेदीले कृषि उत्पादन, बजारीकरण र उद्यमशिलता र नेफ्स्कुनका पूर्व कोषाध्यक्ष केशव पोखरेलले सहकारीमा वित्तिय व्यवस्थापन विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष ढकालले जानकारी दिए ।

कार्यक्रममा सहभागिताका लागि संघले ३ हजार रुपैयाँ शुल्क तोकेको छ ।

मनपरे शेयर गरौ !