मनपरे शेयर गरौ ! 


चितवन / बाघको आक्रमणबाट चितवनमा एक जना बृद्ध बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरेपछि बेपत्ता भएका छन् ।


जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार आज बिहान ९ः ०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो ।

बाघले आक्रमण गरेर लगेपछि उनको खोजी कार्य भइरहेको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

मनपरे शेयर गरौ !