मनपरे शेयर गरौ ! 


बिर्तामोड / बिर्तामोड नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका तर्फबाट हालका बहालवाला उपमेयर पवित्रा महतारा प्रसाईले सबैभन्दा धेरै मतभार प्राप्त गरेकी छन् ।


बिर्तामोडका लागि मेयर, उपमेयर , अध्यक्ष र उपाध्यक्ष बन्ने आकांक्षीहरुको मतगणना सम्पन्न भएको छ ।


बिर्तामोडको मेयरका लागि भएको मतदानमा बहालवाला उपमेयर पवित्रा महतारा प्रसाईले सबैभन्दा बढी मतभार ल्याएको बताइएको छ । मेयरकै लदागि त्यस्तै दोस्रो नम्बरमा प्रदेश सांसद एकराज कार्की र तेस्रो नम्बरमा बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले मतभार पाएका छन् ।

मेयरका लागि बहालवाला मेयर ध्रुवकुमार शिवाकोटी , उपमेयर पवित्रा महतारा प्रसाई , प्रदेश सांसद एकराज कार्की , उमानाथ ओली र वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले आकांक्षा राखेर उम्मेदवारी दिएका थिए ।


त्यस्तै उपमेयरमा देवराज कार्कीले सबैभन्दा बढी मतभार पाएका छन् । उपमेयरका लागि भीमा शिवाकोटी दोस्रो र तेस्रो नम्बरमा गणेश पोखरेल रहेका छन् । उपमेयरका लागि बद्री भट्टराई , देवराज कार्की , गणेश पोखरेल , प्रविण पोखरेल र भीमा शिवाकोटीले इच्छा राखेर निवेदन दिएका थिए ।

एता झापाकै भद्रपुर नगरपालिकाको मेयरका आकांक्षीका लागि भएको मतदानमा असारु राजवंशीले अत्यमधिक मतभार पाएर मेयरको दाबेदार पक्का भएको बताइएको छ । हालका बहालवाला मेयर जीवनकुमार श्रेष्ठ दोस्रो र चन्द्रा श्रेष्ठले तेस्रो मतभार पाएका छन् ।

त्यस्तै,मेचीनगरमा मेयरको दौडमा प्रदेश सांसद गोपाल बुढाथोकी र बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मिरा भुर्तेलले पहिलो मतभार प्राप्त गरेको जनाइएको छ ।

मनपरे शेयर गरौ !