मनपरे शेयर गरौ ! 


इलाम / इलामको चुलाचुली गाउँपालिकामा हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
चुलाचुली गाउँपालिका –३ समृद्धि टोलका ३९ बर्षीय रामबहादुर थुकुङ राईको हात्तिको आक्रमणबाट मृत्यु भएको हो ।


आज बिहान मर्निङ वार्कमा निस्कएका राईलाई जंगली हात्तिले आक्रमण गरेको थियो । बिहान ५ः३० बजे हात्तिले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापा दमकको एड्भान्स अस्पताल ल्याइएको थियो ।


उपचारकै क्रममा उनको अस्पतालमा बिहान ६ः३० बजे मृत्यु भएको अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी जंगाबहादुर थापाले बताए ।


उनका अनुसार बिहान घरबाट निस्कएका राईलाई हात्तिले टेकेर आक्रमण गरेको जनाइएको छ । घरबाट करिव दुई सय किलोमिटर टाढा उनलाई हात्तिले आक्रमण गरेको थियो ।

मनपरे शेयर गरौ !