मनपरे शेयर गरौ ! 

बाहुनडाँगी, २०७९÷०१÷०१ झापा, विश्व बैंकको ऋण अनुदानमा, नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तगर्त सञ्चालन भएको नेपाल लाइभ स्टक सेक्टर इनोभेशन आयोजनाको अनुदानग्राही संस्था भारद्धाज कृषि तथा पशुपालन प्रा.लि.ले आफ्नो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर नगरपालिका वडा नं. २ उप–आयोजना स्थलमा नै आयोजना गरिएको उक्त कार्यक्रममा मेचीनगर नगरपालिका वडा नंं २ का जनप्रतिनिधिहरु, सहकारी संस्थाका प्रतिनिधिहरु एवं दुग्ध मूल्य श्रृंखलामा आवद्ध व्यक्तित्व साथै छरछिमेकीहरुको उपस्थिती रहेको थियो । दिउसो २ः३० बजे शुरु भएको कार्यक्रमको औपचारिक अध्यक्षता आयोजक संस्था भारद्धाज कृषि तथा पशुपालन प्रा.लि.का प्रबन्धक निर्देशक बद्री निरौलाले गर्नु भएको थियो भने मेचीनगर नगरपालिका वडा नंं २ का अध्यक्ष तिलक न्यैपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन लोकप्रिय खनालले गर्नु भएको थियो । कार्यक्रममा अनुदाग्राही संस्थाका व्यवस्थापक अप्सरा निरौलाले अतिथिहरुलाई स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा लोकप्रिय खनालले उप–आयोजनाको बारेमा जानकारी गराउदै सार्वजनिक सुनुवाईको औचित्यता माथि प्रकाश पार्नु भएको थियो भने उप–आयोजनाको लागत तथा स्रोत एवं उपआयोजनाको लक्ष्य, उद्देश्य तथा अपेक्षित उपलब्धीहरुबारे पढेर सुनाईको थियो । कार्यक्रमको दोस्रो चरणमा अतिथि तथा आगन्तुकहरुको तर्फबाट प्रश्नोत्तर तथा जिज्ञासा राख्ने कार्यक्रम तय गरिएको थियो । कार्यक्रममा तुलसा धिताल, युवराज पौडेलले, सीता कार्की लगायतले परियोजनाको प्राविधिक पक्ष, लागत मुल्य कम गर्ने उपाय तथा बजारीकरणबारे जिज्ञासा राख्नु भएको थियो भने संस्थाका प्रबन्ध निर्देशक बद्री निरौलाले प्रश्नहरुको जवाफ दिनु भएको थियो । महिला प्रतिनिधिहरुको तर्फबाट तुलसा धितालले स्थानीय स्तरमा पशुपालन तथा कृषि सम्बन्धी लगानी गरी स्थानीय स्तरमा रोजगारी सृजना एवं कृषि तथा पशुजन्य उत्पादनमा वृद्धि हुनु खुसीको कुरा रहेको बताउनु भएको थियो । त्यसरी नै प्रमुख अतिथि तिलक न्यैपानेले समेत कृषि तथा पशुपालन नै हाम्रो आर्थिक मेरुदण्ड भएको हुँदा यस उपआयोजनाले अनुदानग्राही संस्था मात्र नभएर यसको मूल्य श्रृंखलामा आवद्ध सबै व्यक्ति तथा गठबन्धनका डेरी उद्योगहरु समेत लाभान्वित हुने कुरामा जोडदिुन भएको थियो । कार्यक्रममा पुन अनुगमन, मूल्याङ्कन तथा पृष्ठपोषण दिनुहुन अनुरोध गर्दे कार्यक्रममा अध्यक्ष बद्री निरौलाबाट कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको थियो ।

मनपरे शेयर गरौ !