मनपरे शेयर गरौ ! 


झापा / हाम्रो प्रतिभा चौतारीद्वारा आयोजित हाम्रो प्रतिभा आईडल सिजन २ को उपाधि झापाका सारमन श्री ल्वागुनले जितेका छन् ।


प्रतियोगितामा क्रमश झापाका आलम आदेश, महोत्तरीका सुजन कार्की दोस्रो र तेस्रो साथै भारत सिक्किमकी प्रतिमा राई र सुर्खेतका दीप क्षेत्रीले सान्तवना पुरस्कार हात पारेका छन् । प्रतियोगीलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।


हाम्रो प्रतिभा आईडल सिजन २ को भरचुवल माध्यमबाट वैशाख २४ फाइनल सम्पन्न भएको हो । दुई महिना अघिबाट अनलाईन गायन प्रतियोगिताको रुपमा सुरु भएको यो प्रतियोगितामा करिब ८० जनाले भाग लिएका थिए ।


विभिन्न चरण पार गर्दै ५ जना प्रतियोगिताको फाईनल पुगेका थिए । प्रतियोगितामा प्रमुख निर्णायकको रुपमा गायक तथा संगितकार राज सागर थिए । प्रतियोगितामा जनवादी गायक प्रदिप देवान, गायक प्रविन बेडवाल, गायक विश्व नेपाली, गायक श्रीकृष्ण लुइटेल बोकेदारि, गायक डम्बर नेपाली, नवगायक सुरज तामाङ लगायतको हरेक साता उपस्थिती रहेको थियो ।

सम्पन्न ग्रान्ड फिनालेमा भने चर्चित गायिका माण्डवी त्रिपाठी साथै प्रमुख निर्णायक राज सागरको उपस्थिति रहेको थियो ।


कार्यक्रमको सञ्चालन आशिष शाह ठकुरी साथै वर्षा भट्टले गरेका थिए भने कार्यक्रम व्यवस्थापन प्रविन श्रेष्ठले गरेका थिए । कार्यक्रमको डिजाइन गणेश तिवारिले गरेका थिए भने कार्यक्रमको संयोजन सञ्चालक आशिषले गरेका थिए ।

मनपरे शेयर गरौ !