मनपरे शेयर गरौ ! 


हल्दिबारी / झापाको हल्दिवारी गाउँपालिका अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्रप्रसाद लिङ्देन पुनः निर्वाचित भएका छन् ।
हल्दिबारीमा लिङ्देन दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । लिङ्देन अध्यक्षका प्रत्यासी नेकपा एमाालेका डम्बरबहादुर गिरीलाई दुई हजार १९० मतान्तरले पराजित गर्देै अध्यक्षमा निर्वाचित भएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देन र उपाध्यक्ष लक्ष्मीदेवि मैनाली


लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गर्दा उनका प्रत्यासी गिरीले ४ हजार ६६६ मत मात्र प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवि मैनाली ५ हजार ७८ मत प्राप्त गर्दै विजयी भएकी छन् ।


उनका प्रत्यासी नेकपा एमालेकी शान्ता देबी गौतमले ४ हजार १०६ मत प्राप्त गरिन् । उपाध्यक्षमा राप्रपाकी मैनालीले ९७२ मतान्तरले एमालेकी गौतमलाई पराजित गरिन् ।


अध्यक्षका अर्का प्रत्यासी नेपाली कांग्रेसका तुलसी प्रसाद ओलीले २ हजार ७५८ मत पाए भने नेकपा माओबादी केन्द्रका अधयक्षका प्रत्यासी भवानी प्रसाद दंगालले १ हजार १४९ मत मात्र प्रापत गरे ।


त्यस्तै उपाध्यक्षका स्वतन्त्र उम्मेद्वार लखन हेमरमले ३ हजार ७०० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा माओबादीका प्रत्यासी टीकादेबि राउतले १ हजार ४५३ मत पाइन् ।


राप्रपाले यसपटक वडानम्बर १ र ४ नम्बर वडामा प्यानलै विजय प्राप्त गरेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याएको सो क्षेत्रमा यो निर्वाचनमा राप्रपासँग नराम्रोसँग पराजित भएको छ । हल्दिवारी राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको चुनावी क्षेत्र पनि हो ।

मनपरे शेयर गरौ !