• September 21, 2020

हल्दिबारीको कोरोना नियन्त्रण राहत कोषमा १२ लाखबढी संकलन, १६६० घरधुरीले राहत पाउने

 हल्दिबारीको कोरोना नियन्त्रण राहत कोषमा १२ लाखबढी संकलन, १६६० घरधुरीले राहत पाउने
मनपरे शेयर गरौ ! 

हल्दिबारी / हल्दिबारी गाउँपालिकाले कोरोना नियन्त्रण गर्न स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा हालसम्म १२ लाख रुपैयाँ भन्दाबढी रकम जम्मा भएको छ ।


कोषमा रकम जम्मा हुने क्रम जारी रहेको र हालसम्म १२ लाख १० हजार ८०० रुपैयाँ जम्मा भइसकेको गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले जानकारी दिएका छन् ।


राहत कोषमा गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, उपाध्यक्ष डम्बर गिरी,प्रमुख प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापामगर लगायत गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीले १ महिनाको तलव जम्मा गरिसकेको अध्यक्ष लिङदेनले जानकारी दिए । त्यस्तै, कोषमा करारका कर्मचारीको तर्पmबाट १० दिनको तलव कट्टा गरि जम्मा गरिएको छ ।


कोरोना संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण मारमा परेका हल्दिबारीका न्यून आय भएका दैनिक ज्याला मजदुरी गर्ने, विपन्न वर्गलाई लक्षित गरि राहत कोष स्थापना गरेको कोरोना भाइसर संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष गठन तथा सञ्चालन मापदण्ड बनाएर कोष स्थापना गरेको अध्यक्ष लिङदेनले बताए । गाउँपालिकाले १ हजार ६६० घरधुरीलाई राहत वितरण गर्दैछ ।


गाउँपालिकाले राहत वितरणका लागि आह्वान गरेको ठेक्का प्रक्रियामा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले १७ लाख ६६ हजार २८८ रुपैयाँमा ठेक्का पारेको बताइएको छ । सोमबारदेखि गाउँपालिकामा राहत वितरण सुरु हुनेछ ।

गाउँपालिकाले सम्बन्धित वडाको सिफारिसमा आएको नामका आधारमा राहत वितरण गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले बताए ।

नाम सिफारिसलाई थप व्यवस्थित गर्न सम्बन्धित वडाका राजनीतिक दल र विभिन्न संघ संस्थाबाट भेरिफिकेशन भएर आएको आधारमा वितरण गर्न लागेको उपाध्यक्ष गिरीको भनाई छ ।

मनपरे शेयर गरौ ! 

Related post