• October 1, 2020

कोरोना संक्रमण नसकिएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणा

 कोरोना संक्रमण नसकिएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणा
मनपरे शेयर गरौ ! 

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) को महामारी नसकिएसम्म आफुले पारिश्रमिक नलिने घोषणा गरेका छन् ।

नेपाली नयाँ वर्ष २०७७ का अवसरमा भिडियो शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी नसकिएसम्मका लागि आफुले पारिश्रमिक प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, “मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु।”

भिडियो यस्तो छः

मनपरे शेयर गरौ ! 

Related post