• October 1, 2020

नयाँ वर्ष २०७७ शुरु : यस्ताे छ विक्रम संवतकाे मौलिकता

 नयाँ वर्ष २०७७ शुरु : यस्ताे छ विक्रम संवतकाे मौलिकता
मनपरे शेयर गरौ ! 

काठमाडाैं / आजदेखि नेपाली नयाँ वर्ष २०७७ शुरु भएको छ । नेपालको मौलिक संवत् मानिने विक्रम सम्वतको आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन् ।

सरकारी कामकाजमा विसं. चलाउने नेपाल एक मात्र मुलुक हो । हरेक वैशाख सङ्क्रान्तिदेखि यो सम्वतको आरम्भ हुन्छ । यो सम्वतका आरम्भकर्ता विक्रामादित्य हुन् ।

ज्योतिष पं. दीपक सुवेदीले यो संवत् सूर्यको गतिका आधारमा तय भएकाले यसको विशेष वैज्ञानिकता पुष्टि भइकेको बताउँछन् । उनले आफ्नो पहिचान बोकेको संवत्लाई महत्व दिइनु नेपालका लागि गौरवको विषय भएको बताए ।

ज्यो सुवेदीले भने, “गणितीय हिषाबले यस वर्ष प्रारम्भ र भविष्यफलहरुले विश्वमा नै प्रभाव पार्दछ । सूर्यले ३६० डिग्री पूरा गरेर ० डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत् शुरु हुन्छ । त्यसकारण यो संवत्बारे कुनै अन्योल पालिरहनु पर्दैन ।”

मनपरे शेयर गरौ ! 

Related post