• September 30, 2020

लकडाउन उलंघन गर्ने ३०३ जना सडमै उभिए

 लकडाउन उलंघन गर्ने ३०३ जना सडमै उभिए
मनपरे शेयर गरौ ! 


इटहरी / लकडाउको विभिन्न बहाना बनाएर इटहरीमा हिंड्ने क्रम नरोकिएपछि इटहरी प्रहरीले नयाँ कदम चालेको छ ।


इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले उभ्याएर कारबाही सुरु गरेको हो ।

‘ प्रहरीले आइतबार मात्रै तीन सय तीन जनालाई पक्राउ गरी उभ्याएर कारबाही गरेको छ । इटहरीका भित्री सडकखण्डमा विशेषगरी काम बिना नै मानिस हिँड्ने क्रम नरोकिएपछि प्रहरीले सडकमै २ घण्टासम्म उभ्याएको हो ।

मनपरे शेयर गरौ ! 

Related post