• September 28, 2020

नेपालमा कोरोना संक्रमित १४ पुगे

 नेपालमा कोरोना संक्रमित १४ पुगे
मनपरे शेयर गरौ ! 

काठमाण्डौ / नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कैलाली र रौतहटमा एक एक जनामा कोरोना देखिएको हो ।

कैलालीको लम्किचुहा नगरपालिका १ भरुवाकी ६५ वर्षीया महिलामा र रौतहटमा १९ वर्षिय पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नियमित कोरोना बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित महिलालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जानकारी दिए ।

योसँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या १४ पुगको छ भने एकजना उपचारपछि घर फर्किसकेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post