• September 28, 2020

आरडीटी परीक्षण पोजिटिभ देखिएका हल्दिबारीका युवकको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ

 आरडीटी परीक्षण पोजिटिभ देखिएका हल्दिबारीका  युवकको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ
मनपरे शेयर गरौ ! 

हल्दिबारी / ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणका क्रममा एन्टिबडी पोजिटिभ देखिएको झापा हल्दिबारी २ का एक युवकको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।


होम क्वारेन्टाइनमा बसेका ती युवकको बुधबार ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा एन्टिबडी पोजिटिभ देखिएको हल्दिबारी गाउँपालिकाका प्रवत्ता सागर पोर्तेलले जानकारी दिए ।


हल्दिबारी २ का ३९ वर्षीय युवकको एन्टिबडी पोजिटिभ देखिएपछि स्वाब संकलन गरी परीक्षणका लागि बुधबार साँझ कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको थियो ।


उनीसँगै उनका परिवारका सदस्य ९ जना र सम्पर्कमा आएका छिमेकी १ गरि १० जनाको स्वाब परिक्षण रिपोर्ट पनि नगेटिभ आएको पवक्ता पोर्तेलले बताए ।


स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आए पनि उनलाई एक हप्ता होम क्वारेन्टायनमै नियम पालना गरि बस्न आग्रह गरिने र स्वास्थ्यकर्मीको टोलिले निरिक्षण गरिरहने पनि बताइएको छ ।

ती युवक चैत ५ गते दुबईबाट घर फर्किएका हुन् । उनमा कोभिड–१९ को लक्षण भने केही नदेखिएको बताइएको छ।


त्यस्तै, गाउँपालिकाको क्वारेन्टाइनमा रहेका र अन्य ११ जनाको पनि स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको पोर्तेलले बताए । हल्दिबारीका २१ जनाको स्वाब परिक्षण गरिएको थियो ।


त्यस्तै, हल्दिबारी गाउँपालिकाको क्वारेनटाइनमा भएका ३ जनालाई घर पठाइएको छ । होम कवारेन्टाइनको नियम पालना गर्ने सर्तमा कागज गरेर उनीहरुलाई घर पठाइएको बताइएको छ ।

घर गएका मध्ये दुई जना वडानम्बर २ का छन भने एक जना वडानम्बर १ का हुन । हल्दिबारीको क्वारेन्टाइनमा अब एकजना छन भने होम क्वारेन्टाइनमा ६९ जना रहेका छन ।

हल्दिबारीका ती युवकमा आरडीटी परीक्षणका क्रममा एन्टिबडी पोजिटिभ देखिएपछि पूर्वमा पहिलो पटक कोरोना संक्रमण देखिएको भन्दै त्रास सिर्जना भएको थियो । उनको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएपछि त्रासको वातावरण अन्त्य भएको छ । यद्यपि संक्रमण फैलन नदिन सर्तकता अपनाउन अझै जरुरी छ ।

मनपरे शेयर गरौ ! 

Related post