मनपरे शेयर गरौ ! 


बिर्तामोड / कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापन राहत कोष बिर्तामोड नगर पालिकास्तरीय सचिवालय समितिको बैठकले लकडाउनको समयमा अत्यावश्यक बस्तु खरिद बिक्रीका लागि तीन बुँदे निर्णय गर्दै समय तालिका सार्वजनिक गरेको छ ।


बिहीबार नगरपालिकामा बसेको बैठकले खाधान्नका पसल दिनको १२ बजेदेखि ३ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरेको छ ।


स्थानीय रूपमा उत्पादित घुमन्ते सब्जी पसल, दूध, औषधि पसल नियमित संचालन गर्न दिने निर्णय गरेको नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिए ।


त्यस्तै, वैशाख १५ गतेसम्मका लागि कृषि थोकमा रहेको सब्जीको ल्याब सेवा बन्द गरिने बैठकले निर्णय गरेको छ ।


बितामोड नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको सचिवालय बैठकमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नगर अध्यक्ष ज्ञानुराम प्रसाई, राप्रपाका शंकर रिजाल, नेपाली कांग्रेसका भोजराज सिटौला, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख लगायतको उपस्थिति थियो ।

मनपरे शेयर गरौ !