• September 25, 2020

कोरोनाका विषयमा मतभेदपछि ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त

 कोरोनाका विषयमा मतभेदपछि ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त
मनपरे शेयर गरौ ! 

एजेन्सी– कोरोना भाइरसको संक्रमण फैलन रोक्ने विषयमा मतभेद भएपछि ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेका छन्।

स्वास्थ्यमन्त्री लुईज हेनरिक मनडेटासँगको मतभेदका कारण उनलाई पदबाट बर्खास्त गरिएको हो। कोरोना भाइरसका विषयमा दुवै नेताबीच बिहीबार सार्वजनिक रुपमै वादविवाद भएको थियो।

कोरोना भाइरसको संक्रमण रोक्ने तरिकालाई लिएर उनीहरुबीच मतभेद सिर्जना भएको थियो। स्वास्थ्यमन्त्रीले एक टेलिभिजनमा कोरोना भाइरसको संक्रमण रोक्न अहिले सबै एकजुट हुुनुपर्ने बताएका थिए। उनको यो भनाइपछि राष्ट्रपतिको आलोचनासमेत गरिएको थियो ।

हेनरिक मनडेटाले नागरिकलाई अन्य देशहरुको अवस्था हेरेर सिक्न सुझाव दिइसकेका छन् । उनले नागरिकलाई कोरोना भाइरसबाट बँच्न सामाजिक दूरी कायम गर्न आग्रह गर्दै आएका थिए। लकडाउनको निर्णय गर्ने प्रान्तीय सरकारको निर्णयलाई उनले प्रशंसासमेत गरेका थिए । तर राष्ट्रपति उनको यो तर्कमा सहमत थिएनन् । उनी नागरिकलाई विना डर काममा फर्काउनु पर्ने पक्षमा छन् ।

यसअघि उनले कोरोना भाइरस ‘सामान्य फ्लु’ भएको भनिसकेका छन्। हेनरिकले उनलाई बर्खास्त गरिएको खबर ट्वीटरमा शेयर गर्दै लेखेका छन्, ‘कोरोनाको रुपमा हाम्रो स्वास्थ्य सेवाका सामु एक ठूलो चुनौती खडा भएको छ। समय रहँदै यसलाई सम्हाल्न सके स्वास्थ्य  व्यवस्था कायमै रहन सक्ला।’

यो खबर सार्वजनिक भएलगत्तै उनी आफैँ आइसोलेसनमा बसेका छन्। सर्वसाधारण नागरिकले आफ्नो घरबाट बाहिर निस्केर थाल बजाउँदै राष्ट्रपतिको कदमको विरोध गरेका छन्।

जोन हप्किन्स विश्वविद्यालयमा अनुसार ब्राजिलमा ३० हजारभन्दा धेरै कोरोना संक्रमित छन्। १९ सय २४ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्।

मनपरे शेयर गरौ ! 

Related post