• September 29, 2020

कोरोना संक्रमित १६ जनाको नालिवेली, कहाँ कस्तो छ अवस्था ?

 कोरोना संक्रमित १६ जनाको नालिवेली, कहाँ कस्तो छ अवस्था ?
मनपरे शेयर गरौ ! 

काठमाडौं / हालसम्म कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १६ पुगेको छ । जसमध्ये एक जना निको भइ घर फर्किसकेका छन् । संक्रमित मध्ये पुरुष १० जना रहेका छन् भने महिला ६ जना ।

उनीहरुको उमेर समुह १९ वर्षदेखि ८१ वर्षसम्म रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १५ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पहिलो संक्रमित
गत १० माघमा पहिलो पटक चिनको वुहानबाट फर्किएका एक ३२ वर्षीय यूवकलाई कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । १७ माघमा पुनः परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

दोस्रो संक्रमित
१० चैतमा दोस्रो संक्रमित पुष्टि भएको थियो । ४ चैतमा कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल भित्रिएकि थिईन् । काठमाडौंकी १९ वर्षिय ती युवती हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत छिन् । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

– १० पुरुष र ६ महिलामा संक्रमण

– १९ देखि ८१ वर्ष उमेरका

तेस्रो संक्रमित
१२ चैतमा तेस्रो संक्रमित भेटिएका थिए । युनाइटेड अरब इमिरेट्स (युएई) बाट आएका धादिङका ३२ वर्षीय नेपाली पुरुष हुन् । ६ चैतमा नेपाल फर्किएका उनी १० चैतमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्न भएका थिए । उनको स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको छ । उनी एयर अरबियाको फ्लाइट नम्बर जि ९५३७ बाट युएईको सारजहाँ विमानस्थलबाट नेपाल आएका थिए ।

चौथो संक्रमित
संयुक्त अरब इमिरेट्स दुबईबाट नेपाल फर्किएका धनगढीका ३४ वर्षीय पुरुष चौथो संक्रमित हुन् १४ चैतमा संक्रमणको पुष्टि भएका उनको उपचार सेति प्रादेशीक अस्पतालमा भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य वन्दै गएको अस्पतालले जनाएकोछ ।

पाँचौ संक्रमित
बागलुङकी १९ वर्षीय यूवति पाचौं संक्रमित यूवती हुन् । १५ चैतमा संक्रमणको पुष्टि भएकी उनी कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिईन् । उनको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

छैटौं संक्रमित
४ चैतमा कतार एयरबाट नेपाल आएका बागलुङकी महिलामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ६ पुगेको थियो । २० चैतमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको थियो । हाल ती महिलाको धौलागिरी अस्पतालमा उपचार जारी रहेको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

सातौ संक्रमित
गत २० चैतमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमीत मध्ये एक जनामा स्थानिय संक्रमण देखिएको थियो । चौथो संक्रमितको नाताले भाउजु पर्ने ३४ वर्षिय महिलालाई संक्रमण पुष्टि भएको हो । उनी सेति प्रादेशीक अस्पतालमा उपचाररत छीन् ।

आठौं संक्रमित
भारतको उत्तराखण्डबाट नेपाल आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनको सेति प्रादेशीक अस्पतालमा भइरहेको छ ।

नौं संक्रमित
संक्रमण देखिएकामध्ये कैलालीका २१ वर्षिय पुरुष मुम्बईबाट नेपाल फर्किएका थिए । ती तीन जनाको उपचार सेति प्रादेशीक अस्पतालमा भइरहेको छ ।

१० औं संक्रमित
गत ३० चैतमा ३७ वर्षिय भारतिय नागरीक पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनको नारायणी अस्पताल विरगञ्जमा उपचार भइरहेको छ ।

११ औं संक्रमित
गत ३० चैतमा ४४ वर्षिय भारतिय नागरीक पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनको नारायणी अस्पताल विरगञ्जमा उपचार भइरहेको छ ।

१२ औं संक्रमित
गत ३० चैतमा ५५ वर्षिय भारतिय नागरीक पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनको नारायणी अस्पताल विरगञ्जमा उपचार भइरहेको छ ।

१३ औं संक्रमित
गत एक वैशाखमा ६५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १३ पुगेको थियो । ती महिलाको आरडीटि टेष्ट गर्दा रीपोर्ट नेगेटीभ आएको थियो । अनि घर फर्केकी थिईन् । लगत्तै आरटीपिसीआरमा रीपोर्ट पोजेटीभ आएको थियो । लम्किचुहा, कैलालीकी ती महिलाको हाल सेति प्रादेशीक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

१४ औं संक्रमित
१ वैशाखमा रौतहटका १९ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनको हाल नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

१५ औं संक्रमित
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा वस्दै आएका तीन जनामा आरडीटि टेष्ट गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो । लगत्तै आरटी पिसिआरमा दुइ जनाको रिपोर्ट पोजेटिभ देखियो । चार चैतमा बेलायतबाट फर्केका ५८ वर्षीय ती पुरुषको २ वैशाखमा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १५ पुगेको हो । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

१६ औं संक्रमित
सनसिटी अपार्टमेन्टमा वस्दै आएका तीन जनामा आरडीटि टेष्ट गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो । चार चैतमा बेलायतबाट फर्केका ८१ वर्षीय ती महिलामा २ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि पाटन अस्पतालमा उपचार भइरहेको छ । आजको राजधानी दैनिकमा खबर छ ।

मनपरे शेयर गरौ ! 

Related post