• September 24, 2020

एसईईका तीन विकल्प

 एसईईका तीन विकल्प
मनपरे शेयर गरौ ! 

रमेश न्यौपाने –

लेखिरहनु पर्दैन, सारा दुनिया कोरोनाको माहामारीसंग जुधिरहेको छ। अहिले मानिसहरुको ‘ज्यान’ पहिलो प्राथमिकतामा रहनु स्वभाविक नै हो। कतिपयले ‘मानव अस्तीत्व’ मै संकटको कालो वादल मडारिन पुगेको आकलन समेत गरेका छन्।

जे होस्, यो लेखमा हामी कोरोनाले ल्याएका अन्य बहु–आयामिक व्यथा माथी बहस गर्न लागेका छैनौ। यसकै कारण स्थगित भएको विद्यालय शिक्षाको महत्वपूर्ण परीक्षा एसईई को भविष्यमा माथी चर्चा गर्न खोज्दै छौ।

विश्वमा कोरोना रुपी संकट नआएर जनजीवन प्रभावित नभइ सामान्य दिनचर्या रहेको भए गत चैत्र ६ गते विगतको ‘फलामे ढोका’ मानिने ‘एसएलसी.’ को परीवर्तित स्वरुप एसईई सम्पन्न भैसकेको हुने थियो। परीक्षा पछि विद्यार्थीहरु खाली भैसक्थे। तर, अवस्था त्यो रहेन।

तयारी सकेर प्रवेशपत्रमा ‘लेमिनेशन’ समेत गरिसकेका विद्यार्थी तव ट्वाँ परे जव परीक्षा अनिश्चीत कालसम्म को लागि स्थगित भएको खवर सार्वजनिक भयो। देश पूर्ण लक डाउनमा छ। संकटको यो घडीमा स्वस्थ्य भन्दा ठूलो कुरा परीक्षा हुनै सक्दैन। यसको स्थगन जरुरी थियो। त्यसैले कसैले विरोध गरेनन्, समर्थन मात्र गरे।

एसईई स्थगनको एक महिना पुग्यो। तयारीमा रहेका लाखौ विद्यार्थी अन्यौलमै छन्। बैशाख १२ गतेसम्म त ‘लकडाउन’ नै छ। त्यसपछि पनि लकडाउन थपिने अनुमान धेरैको छ। कोरोनाले आफ्ना ‘प्रभाव’ विस्तार गरिनै रहेको छ। नेपालकै हकमा पनि परीक्षा स्थगित हुँदाको बखत भन्दा अहिले झन् चुनौति थपिएको छ। त्यस हिसावले पनि यो परीक्षा तत्काल नहुने अनुमान सहजै लगाउन सकिन्छ। त्यसो भए, अवको विकल्प के त? आउनु होस्, एक पटक विमर्श गरौ।

एसईई परीक्षा कहिले सुचारु गर्न सकिएला भन्ने वारे निम्न तीनवटा सम्भावनामा छलफल गर्न सकिन्छ।

१. एक महिना भित्रै

परिस्थीतिमा आमुल परिवर्तन आइ कोरोनाको महामारी तुरुन्तै सकिएछ भने एसईई महिना दिन भित्र गर्न सकिएला। राष्टिय परीक्षा वोर्डका अनुसार कम्तीमा दुइ साताको समय दिएर मात्र परीक्षा तालिका सार्वजनिक गर्न सकिन्छ।

तर, तालिका सार्वजनिक गर्न अवस्था सामान्य भैसकेको हुनु पर्छ। यसो हुनका लागि पूर्वसर्त भनेको वैशाख १२ गते लक डाउन पछि सरकारले अवस्था सामान्य भएको घोषणा गर्नु पर्छ। आजको दिनसम्म उभीएर भन्दा त्यो लगभग कल्पना मात्र हो भन्न सकिन्छ। त्यसैले यस वारे धेरै चर्चा गर्न आवश्यक नहोला।

२. दुई महिना भित्रः

अव दुई महिना पछि परीक्षा हुनु भनेको असारको पहिलो साता हो। त्यस पछि आजसम्मको विधि अनुसार परीक्षा चलाउने भए नतिजा प्रकाशनको लागी मोटामोटी तीन महिना चाहिन्छ। मतलव हो– असोज ताका नतिजा प्रकाशन गर्ने। दशै ताका नतिजा निकाल्दा हामी वार्षिक क्यालेण्डरको तीन महिना पछि लाग्छौ। त्यसपछि कक्षा १२ को जाँच होला। अनि ११ को।

चुनौति उही हो। असारको पहिलो साता परीक्षा लिनको लागि कम्तिमा पनि मध्ये जेठसम्म विद्यालयका कक्षाहरु सुचारु भैसक्नु पर्छ। मध्ये जेठमा कक्षा संचालन गर्न सकियो भने वार्षिक क्यालेण्डर भन्दा डेढ महिना मात्र ढिला हुन्छ। बैशाख महिना भनेको ‘नयाँ कक्षामा भर्ना गर्ने र किताब किन्ने मौसम’ हो। यो वेला प्राय विद्यालयमा व्यवहारिक रुपले पाठ्यक्रम खासै अघि बढेको हुदैन। बाँकी पन्ध्र विस दिन, ‘अनावश्यक’ विदाहरु कटौति गरेर पनि व्यवस्थापन गर्न सकिन्छ।

बरु अब यो समयलाइ कक्षा दशको परीक्षालाई फलामको ढोका हुन नदिने हाम्रो पूर्वयोजना लागु गर्ने अवसरको रुपमा लिन सकिन्छ। विद्यालयको मूल्याड्कनलाई आधार मानी नतिजा प्रकाशन गर्न सकिन्छ। यसपछि कक्षा दशमा कहिल्यै पनि फलामे ढोका नराख्ने थिति बसाल्ने बनाउन सकिन्छ।

नसकिने एसईई को तीन महिने ढिलाइलाई मात्र हो। यहाँ पनि व्यवस्थापन गर्नै नसकिने भन्ने चाँही होइन। कम्तिमा दुई साताको समय दिएर परीक्षा तालिका निकाल्ने कुरामा सम्झौता गरिए परिक्षार्थी माथी अन्याय हुन्छ। त्यसो गर्न हुँदैन र सकिदैन।

विकल्प नतिजा प्रकाशनको समायावधि कम गर्ने हो। परम्परागत शैलिकै केन्द्रिय स्तरवाट परीक्षा लिने भए, एकाध दिन वाहेक यसमा पनि कम गर्न अप्ठ्यारो पर्ला। त्यसैले, परीक्षाको उत्तरपुस्तिका परीक्षण सबै केन्द्रिय विधि अपनाइ सुरक्षीत तवरले स्थानीय तहलाई दिन सकिन्छ।

नगरपालिकाहरुमा खटिएका शिक्षाका उपसचिवहरु माथी ‘विश्वास’ गर्न सके द्रुत गतिमा कापी परिक्षण हुन्छ। यसो गर्दा नतिजा प्रकाशनको लागि ग्रेडमात्र केन्द्रमा ‘इमेल’ गर्दिए, यसवाट कम्तीमा दुइ महिना जोगाउन सकिन्छ। यसले हाम्रो वार्षिक क्यालेण्डरमा पनि असर गर्दैन। केन्द्रका जस्तै माथिल्ला स्तरका हाकिमको निगरानीमा भएको परीक्षाको विश्वसनियता पनि उत्तीकै रहन्छ। स्थानीय स्तर सानो लागे जिल्ला स्तरमा गर्दा पनि खासै थप समय लाग्दैन।

३. तीन महिना वा अझै बढि समय लागेमा :

आजको अवस्थाको निर्ममता पूर्वक समीक्षा गर्ने हो भने कोरोनाको चुनौती लामै समय जाने लगभग पक्का छ। त्यसैले अब एसईई रसंगै कक्षा ११ का पनि केन्द्रिय परीक्षा तत्काल लिन असम्भव प्रायः छ। यसले उनीहरुमा अन्यौलता त ल्याउछ नै, देशको वार्षिक शैक्षिक क्यालेण्डर पनि अनिश्चीत समयका लागि ढिलो हुन जान्छ। यो धेरै अनुत्पादक र प्रत्युत्पादक छ।

बरु अब यो समयलाइ कक्षा दशको परीक्षालाई फलामको ढोका हुन नदिने हाम्रो पूर्वयोजना लागु गर्ने अवसरको रुपमा लिन सकिन्छ। विद्यालयको मूल्याड्कनलाई आधार मानी नतिजा प्रकाशन गर्न सकिन्छ। यसपछि कक्षा दशमा कहिल्यै पनि फलामे ढोका नराख्ने थिति बसाल्ने बनाउन सकिन्छ।

बरु, यसपालीबाट सुरु गरेर, यस्ता ’अनावश्यक’ परीक्षाको कर्मकाण्ड अन्त्य गरौ। तर परीक्षा नलिइ नछाड्ने भए, विद्यालयमै ‘होम सेन्टर’ को व्यवस्था गरेर पनि गर्न सकिन्छ।

स्थगित हुनु अघि नै प्रश्नपत्र सबै जिल्लामा पुगिसकेको थियो। होमसेन्टरमै पनि त्यही जिल्लाका प्रहरी पोष्टकै सुरक्षा हातामा रहेको प्रश्नपत्र पनि प्रयोग गर्न सकिन्छ। उत्तरपुस्तिका परीक्षण पनि निकै चाडै गर्न सकिन्छ। यसरी प्राप्त ग्रेडलाई स्थानीय सरकारले अनुमोदन गरि राष्टिय परीक्षा वोर्डमा पठाउन सकिन्छ।

तर, अहिलेको अवस्था सहज छैन। यस्तो वेलामा त एसईई र ११ कक्षाका दुवै परीक्षा नलिएरै पनि विद्यार्थीलाई कक्षा चढाउँदा हुन्छ। पुरै वर्ष पढेका छन्। सिक्नु पर्ने सिप सिकेका छन्। अन्य परीक्षा दिएका छन्। अरु, के योग्यता चाहियो र ? माथिल्लो कक्षामा रुची र क्षमता अनुसारकै संकायमा भर्ना होलान्। उनीहरुको मुख्य मुल्याङ्कन कक्षा १२ मा पुगेर गर्दा पनि हुन्छ।

माथीका तीन विकल्पहरु मध्ये समयको विकासक्रम अनुसार कुनै रोजिएला। तर, जुन रोजे पनि अव विद्यार्थीलाई परीक्षाको नाममा धेरै तनाव दिनु चाही वैज्ञानिक हुन सक्दैन। कोरोना ती कलिला मस्तिक्सका उत्पादन हैनन्। आफ्नो गल्ति नभएको विषयमा उनीहरुलाई सजाय पनि दिनु ठिक होइन।

महामारी विषेश प्रकृतिको छ। यसलाई लिन पनि विषेश प्रकारले नै हल गर्नु पर्छ।  यस्तो महामारीका बिचमा परीक्षामा लेख्ने मानसिकता पनि हुदैन। परीक्षा कसरी दिने र ? डर अनि तनावमा दिएको परीक्षाले परिक्षार्थीको बास्तबिक सिपको परिक्षण गर्न सक्ला ?

सराद्धमा बिरालो बाध्ने शैलीको परीक्षाको जरुरी छैन है। त्यसैले यो वर्ष कक्षा दशका आफ्ना विद्यार्थीको मूल्याङ्कन विद्यालयलाई नै गर्न लगाई स्थानीय सरकारको शिक्षा विभागवाट अनुमोदन गराउँदा कसो होला ? नागरिक न्यूजबाट

मनपरे शेयर गरौ ! 

Related post