• November 27, 2020

पत्रकार महासंघ झापालाई स्वास्थ्य सामग्री हस्तान्तरण

 पत्रकार महासंघ झापालाई स्वास्थ्य सामग्री हस्तान्तरण
मनपरे शेयर गरौ ! 

बिर्तामोड / नेपाल औषधि व्यावसायी संघ मेची र भद्रपुरका कैलाश सरियाले पत्रकार महासंघ झापा लगायतका संघसंस्थालाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

औषधि व्यावसायी संघका उपाध्यक्ष सूरेन्द्र प्रधान, महासचिव वासु दुलाल र डा एसके झाले नेपाल पत्रकार महासंघ झापा शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

सर्जिकल मास्क र सेनेटाइजर तीन-तीन प्याकेट र दुई प्याकेट ग्लोब्स पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई बिर्तामोडमा हस्तान्तरण गरेका थिए ।

यसैगरी भद्रपुरका कैलाश सरियाले कपडाको तीन सय थान मास्क पत्रकारका लागि सहयोग गरेका छन् ।

उनले भद्रपुर नगरपालिकालाई ४ हजार ५ सय थान, जिल्ला प्रहरी कार्यालय झापालाई १ हजार ४ सय, सशस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यालय झापालाई एक-एक हजार तथा जिल्ला कारागारलाई एक हजार दुई सयलगायत विभिन्न संघसंस्था र कार्यालयलाई ५ हजार ९ सय थान मास्क हस्तान्तरण गरेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post